काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न ९ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख १४ हजार ४९२.६७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।
यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।
सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्य तथा अन्य सम्बन्धी जानकारीका लागि बैंकको कानून विभागमा सम्पर्क गर्नुपर्नेछ। यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
निर्धारित मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।































