National life

हिमालयन रिइन्स्योरेन्सको नाफा ९८ करोड, अन्य वित्तीय सूचक कस्ता छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
512Shares
हिमालयन रिइन्स्योरेन्सको नाफा ९८ करोड, अन्य वित्तीय सूचक कस्ता छन् ?
ncell

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा बनाएको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालू आवमा खुद नाफा ६.२५ प्रतिशतले बढेको हो ।

गत आवको समीक्षा अवधिसम्म कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
Royal Enfield
nic asia capital

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ। गत वर्षको समीक्षा अवधिमा १२.४१ रुपैयाँ रहेको कम्पनीको ईपीएस यस वर्ष २७ पैसाले बढेर १२.६८ रुपैयाँ पुगेको छ।

त्यस्तै गत आवको त्रैमाससम्म कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष उक्त रकम १९.७६ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रुपैयाँ नाघेको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको कुल आम्दानी २१.७६ प्रतिशतले वृद्धि हुँदा कुल खर्च भने २४.७० प्रतिशतले बढेको छ। यस्तै आम्दानी ४ अर्ब २७ करोडबाट बढेर ५ अर्ब २० करोड पुग्दा खर्च पनि २ अर्ब ९८ करोडबाट बढेर ३ अर्ब ७१ करोड नाघेको छ।

चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे १६ करोड रूपैयाँ, जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ६३ करोड रुपैयाँ र शेयर प्रिमियम ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?