National life

हुलास फिनसर्भ हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
1.1kShares
हुलास फिनसर्भ हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
ncell

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेच लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रिमियम दरमा शेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गराएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५८ रुपैयाँ ८५ पैसा प्रिमियम थप गरी ३५८ रुपैयाँ ८५ पैसा दरमा शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। यसअनुसार २० लाख ७५ हजार कित्ता शेयरमार्फत कुल ७४ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति मागिएको छ।

Royal Enfield
nic asia capital

गत पुस ८ गते बोर्डमा पेश गरिएको उक्त प्रस्ताव स्वीकृत भएमा कम्पनीले तोकिएको परिमाणमा शेयर सार्वजनिक गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?