National life

हेर्यौ को-को छन् ?ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
511Shares
हेर्यौ को-को छन् ?ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीहरु
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ९ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । बैंकमा कोषको १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता अर्थात ४.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Royal Enfield
nic asia capital

यस्तै आइएमई होल्डिङ्सको ९९ लाख ३८ हजार ८३८ कित्ता अर्थात २.७८ प्रतिशत, आइएमई इन्भेष्टमेन्टको ८९ लाख ६६ हजार ४११ कित्ता अर्थात २.१५ प्रतिशत, बिष्णु प्रसाद न्यौपानेको ५० लाख ३३ हजार ५७० कित्ता अर्थात १.४१ प्रतिशत, सुमित कुमार अग्रवालको ५० लाख ३ हजार ७८५ कित्ता अर्थात १.४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मंगल कलश इन्भेष्टमेन्टको ४४ लाख ३० हजार ५४ कित्ता अर्थात १.२४ प्रतिशत र कन्टिनेण्टल इन्भेष्टमेन्टको ४१ लाख २२ हजार ३११ कित्ता अर्थात १.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा उत्तम कुमार नेपालको ३३ लाख ९१ हजार ८५१ कित्ता अर्थात ०.९५ प्रतिशत, नागरिक लगानी कोषको ३२ लाख ८५ हजार ७८८ कित्ता अर्थात ०.९२ प्रतिशत, रण बहादुर शाहको २८ लाख ४ हजार १४५ कित्ता अर्थात ०.८७ प्रतिशत, निमिषा इन्भेष्टमेन्टको २६ लाख ५५ हजार ७६४ कित्ता अर्थात ०.७४ प्रतिशत रहेको छ ।

यस्तै होमल्याण्ड डेभलपर्सको २६ लाख १ हजार ८२१ कित्ता अर्थात ०.७३ प्रतिशत, हेमराज ढकालको २४ लाख २ हजार ३२४ कित्ता अर्थात ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको २२ लाख ७२ हजार ८४१ कित्ता अर्थात ०.६४ प्रतिशत, डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार १९७ कित्ता अर्थात ०.६३ प्रतिशत, कामधेनु इन्भेष्टमेन्टको २२ लाख १९ हजार ७६१ कित्ता अर्थात ०.६२ प्रतिशत, रिता मल्लको १९ लाख ९७ हजार ८३७ कित्ता अर्थात ०.५३ प्रतिशत, शारदा देवीको १९ लाख ७८ हजार ८९२ कित्ता अर्थात ०.५३ प्रतिशत र सन्दीप अग्रवालको १८ लाख ५३ हजार २३६ कित्ता अर्थात ०.५२ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?