National life

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै सरकार, ३ बजे बोलकबोल पेश गर्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
1.1kShares
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै सरकार, ३ बजे बोलकबोल पेश गर्नुपर्ने
ncell

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र–२०८५ जारी गर्ने उल्लेख गरेको छ ।

कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था गैर– बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा अन्य नागरिकले खरिद गर्न सक्नेछन्।

Royal Enfield
nic asia capital

ऋणपत्रका लागि खरिदकर्ताले आज (भदौ ११ गते) बुधवार ३ बजे बोलकबोल पेश गर्ने भएका छन् । बिहीबार निष्कासन गर्न लागेको उक्त ऋणपत्रको साँवा र ब्याज भुक्तानी भने २०८५ भदौ १२ गते हुनेछ । उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुनसक्ने कार्यालयले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ अर्ब र १५ प्रतिशत अर्थात् ८५० करोड र १५० करोड रुपैयाँ छुट्टाइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने र कमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने जनाएको छ ।

उक्त ऋणपत्र खरिदको सीमा लागि न्यूनतम पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा रहेको छ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन नपाउने कार्यालयले जनाएको छ । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?