National life

१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, पाँच महिनाभित्र रिपोर्ट बुझाउनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
527Shares
१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, पाँच महिनाभित्र रिपोर्ट बुझाउनुपर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला १० वाणिज्य बैंकका सम्पत्तिको गुणस्तर परीक्षण गर्नका लागि छनोट गरिएको बङ्गलादेश परीक्षण गर्ने कम्पनीसँग सम्झौता गरेको छ । शुक्रवार बङ्गलादेशको हाउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसँग १० बैंकका सम्पत्तिको गुणस्तर परीक्षण गर्न  नेपाल राष्ट्र बैंकले सो सम्झौता सम्झौता गरेको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियोको अवस्थाबारे समग्र मूल्यांकन गर्ने लक्ष्य राखेको छ । बैंकले वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी बङ्गलादेशको ढाकास्थित हौलादार युनुस एन्ड कम्पनी नामक चार्टर्ड एकाउन्टेन्ट्सलाई दिएको छ ।

Royal Enfield
nic asia capital
उक्त कम्पनीले नेपालका १० वाणिज्य बैंकको सम्पत्तिको विस्तृत गुणस्तर परीक्षण गर्नेछ ।

राष्ट्र बैंकले गत वर्ष ५ मंसिरमा वेबसाइटमार्फत आशय पत्र आह्वान गरेको थियो । आशयपत्रमा सहभागीमध्येबाट मूल्यांकनमा ७१.३४ अंक प्राप्त गर्दै हौलादार युनुस एन्ड कम्पनीले बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी पाएको हो । राष्ट्र बैंकले उक्त कम्पनीलाई आइतबार इओआई दिएको हो ।

साथै, सम्झौताअनुसार कम्पनीले पाँच महिनाभित्र नेपालका १० वाणिज्य बैंकहरूको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नेछ । यसका लागि कम्पनीलाई भ्याटबाहेक ६२ लाख ५४ हजार नौ सय १२ रुपैयाँ ५० पैसा र अमेरिकी डलर दुई लाख ७१ हजार ६७०.०५ उपलब्ध गराइनेछ ।

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ (२) बमोजिम प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकनका आधारमा उक्त कम्पनीलाई छनोट गरेको हो। उक्त कम्पनीले सन् २०२५ को डिसेम्बर अन्तिमसम्म गुणस्तर परीक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय विवरणका आधारमा हुने यो समीक्षाका लागि बैंकहरूले सन् २०२४ को जुलाई १५ सम्मको लेखा परीक्षण प्रतिवेदन, सन् २०२५ को १५ अप्रिलसम्मको वित्तीय प्रतिवेदन, आफ्ना नीति तथा कार्यविधि पेस गर्नुपर्नेछ । त्यसैगरी बाँकी बुझाइएका ऋण, असुल नहुने ऋण, पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएका ऋण तथा ती ऋणहरूसम्बन्धी प्रावधानको विवरण, कर्जा असुलीको विवरण पनि उपलब्ध गराउनुपर्ने कार्यसर्तमा उल्लेख छ ।

उक्त कम्पनीसँग वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएको हो । उक्त कम्पनीले मर्जर तथा प्राप्तिमा गएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंक रहेका छन्। साथै एनआईसी एसिया, एनएमबि, राष्ट्रिय वाणिज्य बैंकको पनि सम्पत्तिको गुणस्तर परीक्षण गर्नेछ ।

परीक्षण गर्दा सम्पत्तिको गुणस्तर निर्धारित मापदण्डका आधारमा मापन गरिने छ । कर्जा आकार र डिफल्ट रेटलाई पनि आधार मानिने  जनाइएको छ । लोन पोर्टफोलियो रिभ्यु गर्दा बैंकले ऋण दिने नीतिगत व्यवस्था ९नियम, मार्गदर्शन र योजनाहरू० के–कस्ता छन् भन्ने मूल्यांकन गरिनेछ ।  ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?