National life

१ अर्ब २१ करोड हिनामिना गर्ने कान्तिभैरब सहकारीका अध्यक्ष र सञ्चालक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
548Shares
१ अर्ब २१ करोड हिनामिना गर्ने कान्तिभैरब सहकारीका अध्यक्ष र सञ्चालक पक्राउ
ncell

काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा पक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूलाई बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेको कारण गोकर्णको थुनुवा कक्षमा राखिएको हो ।

सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ ।

यी सबैका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सहकारीका सञ्चालकले सात हजार बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडितहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?