National life

२५ अर्बको राष्ट्र बैंक ऋणपत्रमा १२ खर्ब आवेदन, औसत ब्याजदर २.६४% कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
807Shares
२५ अर्बको राष्ट्र बैंक ऋणपत्रमा १२ खर्ब आवेदन, औसत ब्याजदर २.६४% कायम
ncell

काठमाडौं । राष्ट्र बैंकले सोमबार जारी गरेको ऋणपत्रमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको छ। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएको र कर्जा माग अपेक्षाअनुसार नबढेको कारणले गर्दा यो उच्च आवेदन दर आएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ खुला गरेको थियो। उक्त ऋणपत्रमा ३२ वटा बैंक र वित्तीय संस्थाले १२९ ओटा बोलकबोलमार्फत १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस ऋणपत्रको औसत ब्याजदर (कुपन रेट) २.६४ प्रतिशत कायम भएको छ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। ऋणपत्र एक वर्षमा परिपक्व हुनेछ।

राष्ट्र बैंकले यस ऋणपत्रको माध्यमबाट बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलतालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न खोजेको हो। न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोड रुपैयाँको भागबण्डासहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

उक्त ऋणपत्रमा स्वीकृत बोल रकम सम्बन्धित लगानी पोर्टफोलियोमा गणना हुने भएकाले नगद मौज्दातमा अनिवार्य गणना गर्नुपर्ने छैन। तर, वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने व्यवस्था छ।

यदि ऋणपत्र निष्कासन मितिमा काउन्टर पार्टीको खातामा पर्याप्त मौज्दात नभएमा, सम्बन्धित स्वीकृत बोल रकम रद्द हुनेछ र २.५० प्रतिशत हर्जानासहित ६ महिनासम्म कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लाग्ने व्यवस्था राखिएको छ।

हालसम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा उपकरणमार्फत बैंकिङ प्रणालीबाट ६ महिनासम्म पैसा उठाउँदै आएको थियो भने यसपटक दीर्घकालीन व्यवस्थापनका लागि ऋणपत्र जारी गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?