National life

४ महिना अवधिमा सरकारको ३ खर्ब ५५ अर्ब खर्च, पुँजीगत खर्च भन्दा वित्तीयतर्फ दोब्बर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
413Shares
४ महिना अवधिमा सरकारको ३ खर्ब ५५ अर्ब खर्च, पुँजीगत खर्च भन्दा वित्तीयतर्फ दोब्बर
ncell
काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८० र ८१ को पहिलो चौमासिक अवधिमा वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ।
कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत छ। चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन गरेको थियो।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबर छ। सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो।
Royal Enfield
nic asia capital
जसमध्ये हालसम्म २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख बराबर मात्रै खर्च भएको छ।
चालु आर्थिक वर्षमा पुँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा बढी बजेट विनियोजन भएको थियो। सुरुवाती ४ महिनाको खर्चको अवस्था हेर्दा पुँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ। अर्थात् नेपालले पुँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ।
त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबरको बजेट विनियोजन भएकामा हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख बराबर खर्च भएको छ। सामान्यतया वित्तीय व्यवस्था शीर्षकमा छुट्टाइएको रकम सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको छ।
पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २० दशमलव ०८ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्त सम्ममा २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ।
 जसमा कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैर कर राजस्व २२ अर्ब ३३ करोड ७८ लाख बराबर छ। त्यस्तै, चालु आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ अर्ब ७५ करोड ८० लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ।
यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?