National life

५ महिनाको अवधिमा२६ करोड ८२ बढीको चुइगम आयात ,कुन देशबाट कति आयात भयो? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
441Shares
५ महिनाको अवधिमा२६ करोड ८२ बढीको चुइगम आयात ,कुन देशबाट कति आयात भयो? 
ncell

काठमाडौँ । सामान्यतया हामीले मासिक रूपमा वा वार्षिक रूपमा कति मात्रामा चुइगम खपत गरिन्छ भन्ने हेक्का हुदैँन तर नेपालमा मासिक रूपमा करोडौंको चुइगमको खपत हुनेगरेको छ भन्ने सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्दछ।

चुइगमको प्रयोग गर्ने देशहरूको अग्र भागमा नेपाल पनि परेको तथ्याकंहरु पटक पटक सार्वजनिक हुने गरेका छन् । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको कुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर सम्ममा उक्त परिमाणको  कुइगम आयात भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले ७ लाख ४८ हजार किलोग्राम कुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा २५ करोड ९३ लाख रुपैयाँको कुइगम आयात भएको तथ्याङ्क छ । यो चालू वर्षको तुलनामा कम हो ।

तथ्यांकअनुसार भारतबाट मात्रै २५ करोड ८९ लाख रुपैयाँको कुइगम आयात भएको देखिन्छ । यस्तै, अमेरिकाबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा कुइगम भित्रिने गरेको छ । तर, न्यून मात्रामा मात्रै भित्रने गरेको तथ्याङ्क छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?