काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ।
कम्पनीले राष्ट्र बैंकबाट प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका उल्लेखित कित्ता ऋणपत्र निष्कासन गर्न भदौ ९ गते अनुमति पाएको हो ।
साथै, कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकबाट अनुमति पाएको जनाएको छ। कम्पनीका अनुसार उक्त ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि अन्तिम स्वीकृति प्राप्त गर्नुपर्नेछ ।































