National life

कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
655Shares
कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा
ncell

काठमाडौं ।  कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी निष्क्रिय सूचीमा रहेका छन् ।

त्यसैगरी, सोलुखुम्बुमा १२, ओखलढुङ्गामा २१, खोटाङमा १७, सङ्खुवासभामा १३, भोजपुर र धनकुटामा १७–१७, ताप्लेजुङमा १० र पाँचथरका २१ सहकारी संस्था निष्क्रियको सूचीमा रहेका छन् । सहकारी संस्थाहरूको तथ्याङ्कलाई अद्यावधिक गर्न तथा निष्क्रिय सहकारीको दर्ता खारेजी गर्ने प्रयोजनका लागि प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी सङ्घसंस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षणसम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको रजिष्ट्रार खनालले बताए ।

Royal Enfield
nic asia capital

सूचीमा परेकाहरूको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पु¥याइ खारेजी प्रक्रिया अगाडि बढाउने कार्यालयका अनुगमन तथा लेखापरीक्षण शाखाका शाखा अधिकृत नगेन्द्र पराजुलीले बताए । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको नियमन क्षेत्राधिकारभित्र प्रदेशभरिका एक हजार ७५ सहकारी संस्था रहेका छन् ।

झापामा १३१ सहकारी निष्क्रिय

झापा जिल्लामा १३१ वटा सहकारी संस्था निष्क्रिय रहेको पाइएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले यही भदौ १५ गते एक सूचना जारी गर्दै निष्क्रिय सहकारीको सूची सार्वजनिक गरेको छ । त्यसमा झापाका १३१ सहकारी संस्था रहेका कार्यालयका रजिष्टार भूपेन्द्र खनालले जानकारी दिए ।

प्रदेश सरकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम बुझाउनुपर्ने विवरण लगातार दुई वर्षसम्म नबुझाउने सहकारी संस्थालाई निष्क्रिय सूचीमा राखिएको उनले बताए । “सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम नियामक निकायमा बुझाउन सूचना जारी गरिएको छ”, उनले भने, “सूची सार्वजनिक भएपछि कतिपय सहकारी सम्पर्कमा आइरहेका छन् ।”

सहकारी संस्थाहरूको शुद्धीकरण गर्न अभियान सुरु गरिएको बताउदैँ उनले भने, “अस्तित्वमा नरहेका, झोलामा भएका सहकारीलाई प्रक्रिया पु¥याएर खारेज गरिनेछ ।” निष्क्रिय सूचीमा परेका सहकारी संस्थाको सम्पत्ति र दायित्व भए/नभएको खोजी गरिने रजिष्ट्रार खनालले बताए । कतिपय सहकारी संस्थाले प्रदेशमा बुझाउनुपर्ने विवरण स्थानीय तहमा बुझाउँदै आएकोसमेत पाइएको उनले बताए । रासस

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?