National life
cg eloctronics

ओरिएण्टल इन्स्योरेन्सको नाफा ३० करोड ६६ लाख, व्यवसायमा उल्लेख्य सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
895Shares
ओरिएण्टल इन्स्योरेन्सको नाफा ३० करोड ६६ लाख, व्यवसायमा उल्लेख्य सुधार
ncell

काठमाडौँ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीका अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो। तर चालु आवमा कम्पनी ३० करोड ६६ लाख ९५ हजार रुपैयाँ नाफामा पुगेको छ, जसले उल्लेख्य सुधार संकेत गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा व्यवसाय पनि विस्तार भएको छ। समीक्षा अवधिसम्म कम्पनीको व्यवसाय १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २८.१३ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा व्यवसाय ८३ करोड १९ लाख रुपैयाँ थियो।

त्यस्तै, कुल बीमाशुल्क आर्जन पनि बढेर १ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यो रकम १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी पनि वृद्धि भई १ अर्ब २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १३ करोड २८ लाख रुपैयाँ थियो। यता कुल खर्च भने घटेर ९० करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

सञ्चितीका रूपमा महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १२ लाख १५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?