National life

अभियान लघुवित्तको खुद नाफा २ करोड बढी, सञ्चालन आम्दानी र खुद ब्याजमा बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
558Shares
अभियान लघुवित्तको खुद नाफा २ करोड बढी, सञ्चालन आम्दानी र खुद ब्याजमा बढोत्तरी
ncell

काठमाडौँ ।  चालू आर्थिक वर्षको चैत मसान्तसम्म अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ खुद घाटा बेहोरेको थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी ८ करोड रुपैयाँबाट बढेर १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानीमा समेत वृद्धि भएर ५ करोड ८६ लाख रुपैयाँबाट बढेर ११ करोड रुपैयाँ नाघेको छ।

Royal Enfield
nic asia capital

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष १७ रुपैयाँ ८७ पैसा ऋणात्मक रहेकोमा चालू आवमा १२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ३० पैसा छ।

साथै, चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा करिब १० करोड रुपैयाँ छ भने जगेडा कोषमा करिब ६ करोड रुपैयाँ ऋणात्मक छ। त्यस्तै, कम्पनीको खराब कर्जा ४.९२ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ भने वितरणयोग्य नाफा ५ करोड ९१ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?