National life

अभियान लघुवित्त वित्तीय संस्थाले बोलायो साधरणसभा, यस्ता छन् एजेन्डा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
558Shares
अभियान लघुवित्त वित्तीय संस्थाले बोलायो साधरणसभा, यस्ता छन् एजेन्डा ?
ncell

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ६ गतेका लागि चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे बस्ने गरी सभा बोलाएको हो।

कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन् । सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

Royal Enfield
nic asia capital

कम्पनीले अन्य कुनै ‘घ’ वर्गको लघुवित्त कम्पनीसँग मर्जरको प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सोका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ती गर्ने तथा मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता ऐजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा जेठ २० गतेसम्म कायम शेयरधनी सभामा सहभागी बन्न योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?