National life

आजदेखि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला : प्राथमिकतामा स्थानीय र वैदेशिक नेपाली

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०८ चैत २०८२, आइतबार
1KShares
आजदेखि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला : प्राथमिकतामा स्थानीय र वैदेशिक नेपाली
ncell

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यका २८ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ करोड १० लाख रुपैयाँ बराबरका २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ। यी सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता अनिवार्य गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ, जसका लागि आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट ‘सि–आस्वा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?