National life

उपभोक्ता बजारमा लिची प्रतिकिलो ३५० रुपैयाँसम्म, थोक मूल्य पनि उकालो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
895Shares
उपभोक्ता बजारमा लिची प्रतिकिलो ३५० रुपैयाँसम्म, थोक मूल्य पनि उकालो
ncell

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा लिचीको मूल्य केही दिनमै बढ्न थालेको छ। बजारमा भारतीय र स्थानीय लिची प्रवेश भएको केही दिनमै मूल्यमा वृद्धि देखिएको कालीमाटी विकास समितिको तथ्यांकले देखाएको हो।

एक साताअघि भारतीय तथा नेपाली लिची दुवै बजारमा उपलब्ध भए पनि हाल बजारमा मुख्य रूपमा स्थानीय लिची मात्र रहेको तथ्यांकमा उल्लेख छ। ८ जेठमा भारतीय लिची थोकमा प्रतिकिलो औसत २६५ रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्य लगातार चार दिनसम्म स्थिर रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर बिहीबार भने भारतीय लिचीको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर औसत २७५ रुपैयाँ पुगेको छ। यता स्थानीय लिची मंगलबारदेखि बजारमा आउन थालेको हो, जसको सुरुवाती मूल्य प्रतिकिलो १७५ रुपैयाँ थियो।

बुधबार र बिहीबार दुवै दिन स्थानीय लिचीको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँले बढ्दै २२५ रुपैयाँमा पुगेको कालीमाटीको तथ्यांकले देखाएको छ। व्यवसायीहरूका अनुसार हाल तराई क्षेत्रबाट लिची आपूर्ति भइरहेको छ भने आगामी १०–१५ दिनपछि पहाडी क्षेत्रबाट आपूर्ति बढ्ने अपेक्षा गरिएको छ। भारतबाट आउने लिचीको आपूर्ति भने अहिले सीमित रहेको बताइएको छ।

उपभोक्ता स्तरमा भने लिची प्रतिकिलो करिब ३५० रुपैयाँसम्ममा बिक्री भइरहेको बताइन्छ।

यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?