National life

खर्च नियन्त्रणमा कमजोरीः पिपुल्स पावरको त्रैमासिक नाफामा २६.७१ % ले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ मंसिर २०८२, मङ्गलबार
1.1kShares
खर्च नियन्त्रणमा कमजोरीः पिपुल्स पावरको त्रैमासिक नाफामा २६.७१ % ले गिरावट
ncell

काठमाडौँ । पिपुल्स पावर लिमिटेडको विद्युत् बिक्री आम्दानी वृद्धि भए पनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनीको नाफा घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो वर्षको समान अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो।

Royal Enfield
nic asia capital
अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा १ करोड ७२ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म कम्पनीले विद्युत् बिक्रीमार्फत ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.३३ प्रतिशत वृद्धि हो। अघिल्लो वर्ष पहिलो त्रैमासमा यस शीर्षकबाट कम्पनीले ३ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको प्रशासनिक खर्च ३०९.३२ प्रतिशतले बढ्दै ३९ लाख ९५ हजार रुपैयाँ पुगेको छ। यद्यपि, वित्तीय खर्च भने ७६ लाख २५ हजार रुपैयाँबाट घटेर २८ लाख ९७ हजार रुपैयाँमा झरेको छ। कम्पनीको रिजर्भ घाटा ६५ लाख ६३ हजार रुपैयाँमा सीमित हुँदा यो अझै ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९९ लाख रुपैयाँ र कुल चालु दायित्व २१ लाख २९ हजार रुपैयाँ रहेको छ।

आर्थिक सूचकांकतर्फ, समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS): ५.३२ रुपैयाँ , प्रतिसेयर नेटवर्थ: १०६.२० रुपैयाँ , प्रतिसेयर कुल सम्पत्तिको मूल्य: १०६.४३ रुपैयाँ र  तरलता अनुपात: ५६.३२ प्रतिशत कायम भएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?