National life

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न सर्वोच्चमा रिट दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
595Shares
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न सर्वोच्चमा रिट दायर
ncell

काठमाडौँ । पदमुक्त गर्न माग सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेका बेला उनलाई निलम्बन गर्न माग गरिएको छ । यो रिटमा जेठ १६ गतेका लागि पेशी तोकिएको छ ।

गत वैशाख २४ गते महान्यायाधिवक्ता कार्यालयले रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्य दर्शन सहकारी संस्थाको रकम हिनामिनामा कुनै उजुरी परेको, अनुसन्धान वा अभियोजन पत्र दायर भएको नदेखिएको भन्दै रवि लामिछानेलाई पत्र लेखेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?