National life

चालु खाता र शोधनान्तर दुवै मजबुत, माघसम्म कति छ बचत ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
1.1kShares
चालु खाता र शोधनान्तर दुवै मजबुत, माघसम्म कति छ बचत ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म देशको शोधनान्तर स्थिति उल्लेख्य बचतमा रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा देशको शोधनान्तर स्थिति ५७२ अर्ब ७३ करोड रुपैयाँ बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोड रुपैयाँ बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा पनि शोधनान्तर बचत उल्लेख्य रूपमा बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ११ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको समीक्षा अवधिमा ४ अर्ब ३ करोड डलर बचतमा पुगेको छ।

त्यसैगरी, समीक्षा अवधिमा चालु खाता पनि उल्लेख्य बचतमा देखिएको छ। माघ मसान्तसम्म चालु खाता ४९३ अर्ब ७८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १८४ अर्ब १४ करोड रुपैयाँ बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोड डलर बचतमा पुगेको छ। यस्तै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर बढेर ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?