National life

मुलुकको वित्तीय स्थिति : शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब, बचत कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
1.2kShares
मुलुकको वित्तीय स्थिति : शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब, बचत कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति  अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ ।

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो । चैत मसान्त अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा २ अर्ब ७५ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोड डलरले बचतमा रहेको हो।

साथै, यस अवधिमा चालु खाता पनि २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोड डलरले बचतमा रहेको छ । शोधनान्तर बचत  बढ्नु भएको मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु  हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?