काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पीले गत एक महिना अघि केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको थियो । सो योजनामा विभिन्न सुविधाहरु समावेश भएको कम्पनीले जनाएको हो ।
बीमालेख चालु रही बीमा अवधि समाप्ती मिति सम्म बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने कम्पनीले जनाएको छ । त्यस्तै, जोखिम प्रारम्भका हिसाबले हेर्दा यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुन्छ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछि को बीमालेखको वार्षिकोत्सव जुन अगाडी आउँछ सोही समयदेखि जोखिम प्रारम्भ हुन्छ ।
त्यसरी नै मृत्युको हकमा पनि बीमा अवधि भित्र जुनसुकै समयमा प्रस्तावक भन्दा अघि बीमित बालबालिकाकोे मृत्यु भएमा भन्ने कम्पनीले जनाएको छ । बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडि बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क पुरक करार बापतको बीमा शुल्क बाहेक भुक्तानी हुने व्यवस्था गरिएको छ।
बीमा जोखिम प्रारम्भपछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको पच्चिस प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम पुरक करार बापतको बीमाशुल्क बाहेक जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतअन्त्य हुने नेपाल लाइफले जनाएको छ । बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिकाकोे मृत्यु अघि प्रस्तावकको मृत्यु भएमा पनि केही विशेष व्यवस्थाहरु गरिएका छन् । त्यस्तो विशेषतामा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईने, मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान हुने व्यवस्था कम्पनीले गरेको छ।
बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा, प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको ३२ प्रतिशत रकम भुक्तानी गरिने तथा बीमालेख स्वत अन्त्य हुने
त्यसरी नै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ भने बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा, प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको पच्चिस प्रतिशत रकम भुक्तानी गरिने तथा बीमालेख स्वत अन्त्य हुने जनाइएको छ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा, बीमाङ्कको ३२ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत अन्त्य हुनेछ ।
थप गरिएको ऐच्छिक पुरक करार सुविधाहरु प्रस्तावकको लागी मात्रै रहेका छन् । त्यस्ता सुविधामा दुर्घटना मृत्यु लाभ सुविधा,अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुबिधा रहेको छ ।
न्यूनतम बीमाङ्क रकम पच्चिस हजार तोकिएको छ भने अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिन्छ
सो बीमाको लागि योग्यता भने न्यूनतम बीमाङ्क रकम पच्चिस हजार तोकिएको छ भने अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिन्छ । यता प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहदा बालबालिका प्रवेश उमेर १ महिना देखि १७ वर्ष तोकिएको छ । बीमा समाप्तिमा अधिकतम उमेर बच्चाको २५ बर्ष तोकिएको छ भने बीमा समाप्तिमा अधिकतम उमेर प्रस्तावकको ७० वर्ष रहेको छ । बीमा शुल्क भुक्तानी गर्ने तरिका वार्षिक,अर्धवार्षिक,त्रैमासिक,मासिक तथा एकल रहेको छ ।
समर्पण सुविधा भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मुल्यको गणना बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ ।
ऋण सुविधा पनि वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको पच्चिस प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ
ऋण सुविधा पनि वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको पच्चिस प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिने नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।
बच्चाको बीमा गरिसकेपछि प्रस्तावकको मृत्यु भएको खण्डमा बीमाको किस्ता बुझाउनु पर्दैन । बीमाले निरन्तता पाउछ। मृत्यु भएको अर्को महिनाबाट लगातार बीमा अवधि पूरा नहुन्जेलसम्म बीमांकको एक प्रतिशत रकम पाउँछन्
नेपाल लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख उमापति पोखरेलले भने,यो बीमा कस्तो हो भने विशेष गरी अभिभावकहरुले आफ्ना बाल बच्चाको उच्च शिक्षाको लागि समस्या नहुने र अर्को कुरा अभिभावक नुहँदा पनि बच्चाहरुलाई यो बीमाले आर्थिक सर्पोट गर्छ । यसमा बच्चाको बीमा गरिसकेपछि प्रस्तावकको मृत्यु भएको खण्डमा बीमाको किस्ता बुझाउनु पर्दैन । बीमाले निरन्तता पाउछ। मृत्यु भएको अर्को महिनाबाट लगातार बीमा अवधि पूरा नहुन्जेलसम्म बीमांकको एक प्रतिशत रकम पाउँछन् । त्यस्तै, बीमा सक्किएको बेलामा बीमांक रकम र एकमुस्ट बोनस रकम समेत पाइने व्यवस्था छ । यसरी हेर्दा यो प्रोडक्ट निकै नै राम्रो, आकर्षक र लोकप्रिय मानिएको छ ।