काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० करोड ५४ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको भन्दा ३० दशमलव ०६ प्रतिशतले बढी हो। गत आवमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो। यस अवधिमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी रहेको छ। गत आवमा कम्पनीको यस्तो आम्दानी १५ अर्ब ७२ करोड रहेको थियो।
समिक्षा अवधिमा कम्पनीले १० अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम ११ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। जुन गत आवको भन्दा९.५४ प्रतिशतले बढी हो
त्यस्तै ,यस समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष १९ दशमलव ५४ प्रतिशतले बढेर २ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। गत आवमा यस्तो कोष १ खर्ब ७४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ १ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ।
चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीले पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ।





































