National life
cg eloctronics

नेपाल लाइफको खुद नाफा ३०.८१ % ले वृद्धि ,सबै सुचकमा प्रगती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
688Shares
नेपाल लाइफको खुद नाफा ३०.८१ % ले वृद्धि ,सबै सुचकमा प्रगती
muktinatha bikash bank

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

यस अवधिमा खुद नाफा ३०.८१ प्रतिशतले बढेर ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो । उक्त आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

everest bank

त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी १२।६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ। कम्पनीको बिमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरैको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?