National life

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन माग, अनुभव र उमेर हद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
474Shares
बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन माग, अनुभव र उमेर हद कति ?
ncell

काठमाडौँ — सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन माग गरेको हो ।

प्राधिकरणको अध्यक्षमा आवेदन दिनका लागि बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

अध्यक्षका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था छ। उल्लिखित योग्यता पुगेका व्यक्तिले सात हजार पाँच सय दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले गत सोमबार अधिकारीको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समिति सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल छन्।

प्राधिकरण निवर्तमान अध्यक्षमा शरद ओझाले नियुक्ति हुँदा पेस गरेका कागजात छानबिन समितिले शङ्कास्पद रहेको भन्दै यही भदौ २ मा सरकारले उनलाई बर्खास्त गरेको थियो । यसरी खालि रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया थालेको हो ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?