National life

बिमा प्राधिकरणको निर्देशन: सामूहिक खेती गर्ने किसानले स्वयंको बिमा छुट्टाछुट्टै गर्नुपर्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
550Shares
बिमा प्राधिकरणको निर्देशन: सामूहिक खेती गर्ने किसानले स्वयंको बिमा छुट्टाछुट्टै गर्नुपर्छ
ncell

काठमाडौँ । सामूहिक खेती गर्ने किसानका लागि नेपाल बिमा प्राधिकरणले नयाँ निर्देशिका तयार गरेको छ ।

सामूहिक रूपमा खेती गर्दै आएका किसानले अब भने छुट्टाछुट्टै दुर्घटना बिमा गर्नुपर्ने भएको छ। बिमा प्राधिकरणले दुर्घटना बिमा सम्बन्धी ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना बिमा छुट्टै गर्नुपर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणले जारी गरेको निर्देशन अनुसार अब सामूहिक खेती गर्ने किसानले खेतीको बिमा संयुक्त रूपमा गर्न पाए पनि स्वयंको दुर्घटना बिमा भने संयुक्त रूपमा गर्न नपाउने व्यवस्था गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तसर्थ प्रत्येक किसानले दुर्घटना बिमा छुट्टै गर्नुपर्ने भएको छ ।

निर्देशनमा बिमालेखको अवधिभित्र वा बढीमा एक वर्षभित्र किसानले आत्महत्या बाहेक अन्य कुनै दुर्घटना भई मृत्युबरण गरेमा, स्थायी वा पूर्णरुपमा अशक्त भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोली गाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमाएमा बिमा बापतको दाबी भुक्तानी पाउने उल्लेख गरिएको छ ।

यस्तो बिमाका लागि कृषि, पशुपक्षी तथा जडीबुटी बिमा लेख बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँ बराबरको बिमा गर्नुपर्नेछ । कृषकले २ सय रुपैयाँ बिमा शुल्क तिरेर यो बिमा लेख खरिद गर्न सक्नेछन् । यस्तो बिमा अवधि थोरैमा एक वर्षको कायम रहने छ ।

प्राधिकरणले एकभन्दा बढी पटक कृषि, पशुपक्षी तथा जडीबुटी बिमा लेख लिने कृषकलाई दुर्घटना बिमा लिन अनिवार्य गरेको छैन । एक पटक यस्तो बिमा गरेपछि किसानले सो अवधिभर पुनः बिमा गरिरहनु नपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?