National life

बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाले

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ मंसिर २०८१, शुक्रबार
515Shares
बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले  प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाले
ncell

नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ ।

यसअघि, आजै अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यक्ष दहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दहाललाई हिजो जिम्मेवारी दिएको हो ।

अध्यक्ष दहाल अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य समेत हुनुहुन्छ ।

कार्यभार सम्हाल्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिनुभयो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष दहालले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै आफूले सकेसम्म दीर्घकालिन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गर्नुभयो ।

अध्यक्ष दहालले भन्नुभयो, “बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकतिको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।”

यसअघि, अध्यक्ष दहाल प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?