National life

बीमाको भुक्तानी रोकिएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सेवा कटौती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
632Shares
बीमाको भुक्तानी रोकिएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सेवा कटौती
ncell

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाको भुक्तानी रोकिएको भन्दै सेवा कटौती गरेको छ। प्रतिष्ठानले शुक्रवार एक सूचना जारी गर्दै तीन महिनासम्म पाउने औषधिलाई एक हप्तामा सीमित गरेको उल्लेख गरेको छ ।

साथै, प्रयोगशाला तथा रेडियोलोजी जाँच पनि स्थगित गरेको सूचनामा उल्लेख छ। प्रतिष्ठानले दाबी गरेअनुसार बीमाले ११ करोड भुक्तानी गर्न बाँकी छ उक्त रकम कहिले आउने निश्चित नभएको कारण बीमा अन्तर्गतको औषधि एक महिनामा सीमित गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘बीमित बिरामीलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँच गर्न आवश्यक केमिकल खरिद गर्न प्रतिष्ठानमा समस्या भइरहेको छ,’ , ‘बीमा बोर्डबाट ११ करोड दिन बाँकी रहेको भुक्तानी पनि कहिले आउने हो भन्ने अनिश्चित भएकाले सेवालाई स्थगित गरिएको छ।’ प्रतिष्ठानले आज जारी गरेको सूचनामा भनिएको छ ।

गत शुक्रवार नै नेपाल औषधि थोक व्यवसायी संघको दोस्रो राष्ट्रिय महाअधिवेशनमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको भुक्तानी नहुने बताएका थिए।

अघिल्लो वर्षको बक्यौता मात्रै १६ अर्बको रहेको मन्त्री पौडेलको गुनासो थियो । स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेपछि यो वर्ष खर्च गर्न पाउनुपर्ने सबै रकम अघिल्लो वर्ष नै खर्च भइसकेको उनको भनाई छ । जताततै अस्पतालमा बीमा कार्यक्रम लागु गरिएको भए पनि सेवा दिने क्षमता नरहेको मन्त्री पौडेलको धारणा थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?