National life

मन्जुश्री फाइनान्सको खुद नाफामा ३९.९७ % ले वृद्धि, वितरण योग्य मुनाफा ३५ करोड बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
475Shares
मन्जुश्री फाइनान्सको खुद नाफामा ३९.९७ % ले वृद्धि, वितरण योग्य मुनाफा ३५ करोड बढी
ncell

काठमाडौँ। मन्जुश्री फाइनान्स लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Royal Enfield
nic asia capital
खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो।

संस्थाले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो । साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ। भने संस्थाको निक्षेप २५.८९५ ले वृद्धि भएर २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९.६५५ ले वृद्धि भएर १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ। संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?