काठमाण्डौ। नेपाली बजारमा सुनको घट्दो मूल्यले आजपनि निरन्तता पाएको छ । सुनको भाउ आजपनि तोलामै १६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै १६ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको थियो ।





































