National life
cg eloctronics

देशभरका क्यासिनोमा कडाइ: सरकारले जारी गर्‍यो १२ बुँदे कडा निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८२, बुधबार
900Shares
देशभरका क्यासिनोमा कडाइ: सरकारले जारी गर्‍यो १२ बुँदे कडा निर्देशन
muktinatha bikash bank

काठमाडौँ। सरकारले देशभरका क्यासिनो सञ्चालनमा कडाइ गर्न नयाँ निर्देशन जारी गरेको छ। पर्यटन विभागले इजाजतपत्र लिएर सञ्चालनमा रहेका क्यासिनोले कानुनअनुसार पालना गर्नुपर्ने शर्त तथा मापदण्ड पूर्ण रुपमा नमानिएको गुनासो बढ्दै गएपछि नयाँ निर्देशन सार्वजनिक गरेको हो।

विभागले क्यासिनो तथा क्यासिनो सञ्चालक कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लण्डरिङ) निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५, क्यासिनो नियमावली, २०८२ तथा इजाजत पत्रमा उल्लेखित सबै शर्त, मापदण्ड र निर्देशन कडाइका साथ पालना गर्न अनिवार्य गराउँदै १२ बुँदे नयाँ निर्देशन जारी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पर्यटन विभागले क्यासिनो क्षेत्रको पारदर्शिता, वित्तीय अनुशासन, नियमन र जिम्मेवारीपूर्ण सञ्चालन सुनिश्चित गर्न आवश्यक कदम म्हणून निर्देशन जारी गरिएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ निर्देशनले क्यासिनोको आचारसंहिता, वित्तीय विवरण, कर तथा राजस्व व्यवस्थापन, सीसीटीभी अनिवार्यता, खेल अनुशासन, विदेशी मुद्रा कारोबार र कर्मचारी व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र कठोर बनाएको छ।

१- सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी ( सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्ण रूपमा पालना गर्नुपर्ने  ।

२- नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने  ।

everest bank

३- क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी ( सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ मोजिमको विवरण नियमित रुपमा विभागमा पेश गर्ने  ।

४- क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरू तोके अनुरूप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने  ।

५- क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सिसिटिभी क्यामरा को अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने  ।

६- तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिका ( सब कन्ट्र्याक्ट) बाट क्यासिनो सञ्चालन गर्न नपाइने  ।

७- इजाजत दिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा क्यासिनो सञ्चालन गर्न पूर्णरुपमा प्रतिवन्ध हुने  ।

८- इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभ कर अग्रीम रुपमा कट्टी सोही दिन गर्नुपर्ने  ।

९- आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनुपर्ने र सोको जानकारी यस विभागमा दिनुपर्ने  ।

१०-  इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन प्रतिवन्ध हुने  ।

११- क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभुति  ।

१२- कानुन बमोजिम स्थानीय सुरक्षा निकायहरुका निर्देशनहरुको पूर्ण परिपालना गर्नुपर्ने र नेपाल ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरूस्त नपाइएमा तत्काल कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

यो समाचार शेयर गर्नुहोस्
900SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?