काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा कुल २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कर्जा प्रवाह ५.०१ प्रतिशतले वृद्धि भएको हो।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १५ बैंकले पर्यटन क्षेत्रको कर्जा विस्तार गरेका छन् भने ५ बैंकको कर्जा घटेको छ।
दोस्रो स्थानमा रहेको प्रभु बैंकले २२ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको पर्यटन कर्जा अघिल्लो वर्षको तुलनामा ७.५६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंक तेस्रो स्थानमा रहँदै २१ अर्ब २२ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.०८ प्रतिशतको उल्लेखनीय वृद्धि हो।
कर्जा प्रवाह कम गर्ने बैंकहरूतर्फ हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंक अगाडि देखिएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले पर्यटन क्षेत्रमा ८० करोड ३९ लाख रुपैयाँ मात्र कर्जा दिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.३१ प्रतिशतले घटेको हो। त्यस्तै, एनआईसी एशिया बैंकको पर्यटन क्षेत्रमा कर्जा लगानी ५४.५३ प्रतिशतले घटेर २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।
वाणिज्य बैंकहरूको कर्जा विवरण (रकम करोड रुपैयाँमा)







































