National life

सुकुमबासी हटाइएका नदी किनारमा खुला पार्क र सौन्दर्यकरणको तयारी

Bagmati River Basin Improvement Project अन्तर्गत कार्य भइरहेको जनाइएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
2.7kShares
सुकुमबासी हटाइएका नदी किनारमा खुला पार्क र सौन्दर्यकरणको तयारी
ncell

काठमाडौं । बागमती र सहायक नदी किनारबाट हटाइएका सुकुमबासी बस्तीका खाली स्थानलाई हरियालीयुक्त खुला पार्कका रूपमा विकास गर्ने सरकारको योजना अघि बढेको छ। नदी कोरिडोर क्षेत्रमा वातावरणीय सुधार र सौन्दर्यकरणलाई प्राथमिकतामा राखिने बताइएको छ।

सहरी विकास मन्त्रालयका अनुसार खाली गरिएका नदी किनार क्षेत्रमा खुला पार्क, हरियाली विस्तार र वातावरणीय सुधारका काम गर्न आवश्यक योजना तयार भइरहेको छ। यसका लागि Bagmati River Basin Improvement Project अन्तर्गत कार्य भइरहेको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले नदी किनारलाई अतिक्रमणमुक्त बनाउँदै कोरिडोर सडक निर्माण, ढल व्यवस्थापन, वृक्षरोपण र सौन्दर्यकरणलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। खाली स्थानमा कुनै स्थायी संरचना निर्माण नगरी खुला सार्वजनिक पार्कका रूपमा विकास गरिने योजना छ।

बागमती, विष्णुमती र मनोहरा नदी कोरिडोर विकासका लागि करिब ३ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। बजेट स्वीकृत भएपछि परियोजना कार्यान्वयन तीव्र बनाइने बताइएको छ।

सरकारले गत वैशाखदेखि उपत्यकाका नदी किनार क्षेत्रमा रहेका सुकुमबासी बस्ती हटाउने अभियान सञ्चालन गरेको थियो। त्यसपछि ती क्षेत्रमा सरसफाइ तथा भग्नावशेष हटाउने काम सम्पन्न भइसकेको छ।

समितिका अनुसार हालसम्म विस्थापित २ हजार ६०८ परिवारको विवरण संकलन भइसकेको छ र उनीहरूको पुनःस्थापनाका लागि आवश्यक तयारी भइरहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?