National life

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले गर्यो सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० वैशाख २०८२, शनिबार
554Shares
एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले गर्यो सम्मान
ncell

काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।

देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाईदै आएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०र२०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सु–अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।

“राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यस विशेष अवसरमा आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै सरकारबाट यो सम्मान प्राप्त गर्न पाउँदा हामी धेरै खुसी छौं । धेरै कर तिर्ने करदातामध्ये एकको रूपमा एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत सरकारलाई करमा महत्वपूर्ण योगदान गर्दै आएको छ । देशको आईसीटी विकास र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिन पाउँदा हामी गर्व गर्छौं । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मुल मर्मअनुसार हामी आईसीटीको विकासमा निरन्तर योगदान गर्दै डिजिटल नेपालको भिजन अनुसार डिजिटल भविष्यका लागि कार्य गर्न प्रतिबद्ध छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मानहरु पाईसकेको छ । गत पौषमा पनि संस्थागत तर्फ गत आर्थिक वर्ष २०८०र८१ मा सबै भन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको थियो ।

एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०र८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुमा रु ३४० अर्ब भन्दा बढी कर तथा शुल्कहरु तिरेको छ । गत आ.व.मा मात्रै कम्पनीले रु २०.३० अर्ब कर तथा शुल्कहरु सरकारलाई बुझाएको थियो ।

nic asia capital

त्यसैगरी, कम्पनी एनसेल फाउन्डेसनमार्फत प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर०का कार्यक्रमहरू कार्यान्वयन गर्दै नेपाल र नेपालीहरूको विकासमा हातेमालो गर्दै योगदान पुर्याउन प्रतिबद्ध रहेको छ । कम्पनीले आफ्नो सीएसआर अन्तर्गत रु २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?