National life
cg eloctronics

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनहरूलाई वित्तीय साक्षरता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
538Shares
कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनहरूलाई वित्तीय साक्षरता
ncell

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा उक्त कार्यक्रम शनिबार काठमाडौंमा आयोजना गरेको हो।

कार्यक्रममा सहभागीलाई बचतको महत्त्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, वित्तीय लक्ष्य निर्धारण, भविष्यका लगानी अवसरहरू, डिजिटल कारोबार तथा डिजिटल ठगीबाट जोगिने उपायबारे जानकारी प्रदान गरिएको बैंकका ब्राण्डिङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले जानकारी दिए।

उक्त कार्यक्रममा ४० भन्दा बढी दृष्टिविहीन लाभान्वित भएका थिए । समापन सत्रमा बोल्दै सहभागी कृष्ण खत्री अविरलले विगतमा वित्तीय जानकारीको अभावका कारण बैंकिङ सेवा उपयोग गर्न नसकेको बताउँदै अब भने खाता खोलेर सुरक्षित रूपमा आफ्ना कारोबार बैंकमार्फत् गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्का सहभागी विक्रम पथरियाले सानो बचतले भविष्यमा ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास जागेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वोदय परियोजनाका प्रतिनिधि सौगात वाग्लेले दृष्टिविहीन व्यक्तिहरुलाई बैंकले मोबाइल बैंकिङ, एटिएम कार्डजस्ता सेवा प्रदान गरेकोप्रति आभार व्यक्त गर्दै आफूजस्ता सेवाग्राहीका लागि यसले आत्मनिर्भरता बढाएको बताए।

कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूका लागि विशेष ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ। यस खातामार्फत दृष्टिविहीन व्यक्तिहरूले अन्य ग्राहकसरह मोबाइल बैंकिङ, एटिएम कार्ड लगायतका सेवा प्राप्त गर्न सक्नेछन्। खाता खोल्दा दृष्टिविहीन भएकै कारण अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने र खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?