National life

कुमारी बैंकको ११ हजार २२ कित्ता संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
467Shares
कुमारी बैंकको ११ हजार २२ कित्ता संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएकाे छ । बैंकले ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी लोकमाया गुरङको नाममा रहेको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको नाममा रहेको ३ हजार ४५३ कित्ता र भरत बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको हुनाले उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन पेश गर्न सक्नेछन् ।

Royal Enfield
nic asia capital

साथै तोकिएको उक्त अवधिभित्र बैंकका संस्थापक शेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?