National life

कुमारी बैंकको ४० हजार १०१ कित्ता संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
469Shares
कुमारी बैंकको ४० हजार १०१ कित्ता संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको दुई लाख ४० हजार १०१ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीका शेयरधनी बसन्त कुमार चौधरीले दुई लाख २३ हजार २७१ कित्ता र राजु बहादुर श्रेष्ठले १६ हजार ८३० कित्ता बिक्रीका लागि आवेदन दिए बमोजिम बैंकको संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं १ नक्साल र बैंकको प्रधान कार्यालय टंगाल २ मा आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?