National life

कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्सबीच व्यावसायिक ऋण सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
513Shares
कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्सबीच व्यावसायिक ऋण सम्झौता
ncell

काठमाडाैं । कुमारी बैंक लिमिटेड र ईएमएफ माइक्रोफाइनान्स फण्डबीच सम्झौता भएकाे छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंकले, ईएमएफ माइक्रोफाइनान्स फण्ड (EMF Microfinance Fund), AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको हाे ।

ईएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत बैंकले साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ ।

यस अघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका MSMEs लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा SA, SICAV-SIF सँग ECB सफलतापूर्वक पूरा गरिसकेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?