काठमाडाैं । कुमारी बैंक लिमिटेड र क्लासिक उद्योग बीच कुमारी बैंकको ग्राहकहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको Mattresses खरिद गर्दा १५ प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । बैंकले आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने जनाएकाे छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा
त्यस्तै बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



































