National life

जिडब्लुएमको विद्युतीय गाडीमा प्रभु बैंकको ८०% सम्म कर्जा सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
482Shares
जिडब्लुएमको विद्युतीय गाडीमा प्रभु बैंकको ८०% सम्म कर्जा सुविधा
ncell

काठमाडौं । भिजि ईम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले प्रभु बैंक लिमिटेडसँग जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको छ।

उक्त सम्झौतामा भिजि ईम्पेक्स- जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका चिफ बिजनेश अफिसर रेनु प्रसाद पाण्डेले जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी लाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।

प्रभु बैंकले १२.०६ % ब्याज दर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ । अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८०% सम्म उपलब्ध गराउने छ साथै यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो, तर विशेष अवस्थामा, यो ७ वर्षसम्म बढाउन सकिन्छ । थप रूपमा, ०.७५% को प्रशासन शुल्क बैंक द्वारा चार्ज हुनेछ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

जिडब्लुएम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ ।

अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जि.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेको छ । नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जि. इम्पेक्सले जि.डब्लु.एमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।

भर्खरै जि.डब्लु.एम नेपालले ईलेक्ट्रिक सवारी साधान अन्तर्गत ओरा ०३ प्रस्तुत नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?