National life

नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
440Shares
नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट सम्मानित
ncell

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रिपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।

२०२३ अगस्ट १८ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालय प्रबन्ध निर्देशक सर्गेई पुतेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरे । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारतलगायतका विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिले सहभागिता जनाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम् डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवा ल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।

नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू, कन्ट्याक्टलेस इनेबल्ड पीओएस टर्मिनल्स, देशमा ई-कमर्स कारोबार सहज बनाउन पहिलो थ्रीडीएस एसीएस २.एक्स कम्प्लायन्ट पेमेन्ट गेटवे लागू गर्ने र पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याएको थियो ।

साथै, नबिल बैंकले ग्रिन पिन र कार्डलेस विथड्रल सर्भिसेस, मोबाइल बैंकिङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड) थप्ने र भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवाजस्ता नवीनतम प्रविधि ल्याई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६५ शाखा र २९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?