National life

प्रभु बैंककाे संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
540Shares
प्रभु बैंककाे संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको १२ लाख २५ हजार ४०६ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

जसमध्ये ९ लाख १७ हजार १०८ कित्ता शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सकिनेछ ।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुका लागिमात्र बिक्रीमा यस शेयरमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

त्यसैगरी बाँकी ३ लाख ८ हजार २८९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?