National life

प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध फौजदारी मुद्दा, अदालतमा मुद्दा दर्तापछि फरार

कर्जा अपचलनको आरोपमा प्रभु बैंकका सीईओ शर्माविरुद्ध मुद्दा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
393Shares
प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध फौजदारी मुद्दा, अदालतमा मुद्दा दर्तापछि फरार
ncell

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध कर्जा अपचलन तथा विश्वासघातको आरोपमा फौजदारी मुद्दा दायर भएको छ।

प्रहरीले पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै शर्मा फरार रहेको बताइएको छ। उनी तत्कालीन सनराइज बैंकको सीईओ रहेका बेला भएको कर्जा कारोबारलाई लिएर मुद्दा अघि बढाइएको हो।

शर्माले अञ्जली इन्टरनेसनललाई कर्जा दिने भन्दै धितो लिएको तर त्यसअनुसार कर्जा उपलब्ध नगराएको आरोप लगाइएको छ।

Royal Enfield
nic asia capital
धितो स्वीकार गरेपछि पनि सम्झौताअनुसार कर्जा भुक्तानी नगरेको भन्दै पीडित पक्ष प्रहरीमा पुगेको थियो।

उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै शर्माविरुद्ध पर्सा जिल्ला अदालतमा फौजदारी मुद्दा दायर गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?