National life

महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
393Shares
महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई सहयोग
ncell

काठमाडाैं । महालक्ष्मी विकास बैंकले प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्गले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो ।

कम्पनीले यो कार्यबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

एक कार्यक्रमका बीच प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द«, कालोपुलका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई कम्पनीका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

Royal Enfield
nic asia capital

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कम्पनीले बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?