National life

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, १४ % लाभांश पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
666Shares
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, १४ % लाभांश पारित
ncell

काठमाडाैं । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Royal Enfield
nic asia capital

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि पारित गरेको छ ।

साथै साधारणसभाले माछापुच्छ«े बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ ।

उक्त साधारण सभामा बोल्दै कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई बलियो बनाउन बैंकको तर्फबाट यथाशक्य योगदान पुर्‍याउने उद्धेश्य रहेको बताए ।

उनले सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको पनि बताए ।

उनले शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको बताए ।

सभामा सञ्चालक समितिका सदस्यहरु मुकुन्द महत र जयमुकुन्द खनालले पनि आ–आफ्नो धारणा राखेका थिए । कम्पनीले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?