National life
cg eloctronics

राष्ट्रिय आधारभूत विद्यालय, चितवनमा कामना सेवा विकास बैंकद्वारा पोशाक वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
898Shares
राष्ट्रिय आधारभूत विद्यालय, चितवनमा कामना सेवा विकास बैंकद्वारा पोशाक वितरण
ncell

कामना सेवा विकास बैंकद्वारा श्री राष्ट्रिय आधारभूत विद्यालय, चितवनमा पोशाक वितरण ।

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ।

बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनस्थित रहेको उक्त विद्यालयका विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रविण बर्तौलाले भरतपुर महानगरपालिका सँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?