National life

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाको लागि लुगा तथा खाद्यान्न सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
337Shares
लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाको लागि लुगा तथा खाद्यान्न सहयोग
ncell

काठमाडाैं । लक्ष्मी सनराइज बैंकले नेपाल बाल संगठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैंमा नयाँ लुगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

कम्पनीले कोशी प्रदेशको उर्लाबारीमा नमूना बाल गृह र इटहरीमा हेल्पलेश चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बंशिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेन्बो चिल्ड्रेन होम नेपालका लागि विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरेको छ ।

यसैगरी, कम्पनीले लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रेन्स हिभेनलगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबास, काठमाण्डौंको नक्सालस्थित बाल मन्दिरका बालबालिकाको लागि विभिन्न खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।

समय समयमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको उक्त कम्पनीले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसँग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरु लाभान्वित हुनेगरी विभिन्न सामग्री तथा खाद्यान्न सहयोग गरेको बताएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
337SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?