National life

गरिमा विकास बैंक ‘अवार्डस् फर कर्पोरेट एक्सिलेन्स -२०२४ ' बाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
572Shares
गरिमा विकास बैंक ‘अवार्डस् फर कर्पोरेट एक्सिलेन्स -२०२४ ' बाट सम्मानित
ncell

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड प्रतिष्ठित 'the HRM Awards for Corporate Excellence 2024' बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई 'Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company' विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा २०८१ फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा.फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रहनु भई हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहनुभएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको छ भने आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाई छ ।

साथै, यस खुसीको अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, सरोकारवालाहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?