National life

गरिमा विकास बैंक चम्कियो: नाफा र ईपीएस बढ्दा लाभांश कति आउला?

ईपीएस बढ्दा गरिमा विकास बैंकको लाभांश क्षमता पनि बलियो, नाफा कति पुग्यो?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
1.4kShares
गरिमा विकास बैंक चम्कियो: नाफा र ईपीएस बढ्दा लाभांश कति आउला?
ncell

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सार्वजनिक गरेको वित्तीय विवरणले बैंकको समग्र प्रदर्शनमा उल्लेख्य सुधार देखाएको छ, जहाँ नाफा, ब्याज आम्दानी र प्रतिशेयर आम्दानी सबै सूचकमा वृद्धि देखिएको छ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५.३४ प्रतिशतले वृद्धि भई १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६१ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जुन ५.६४ प्रतिशतको वृद्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ। असुलीमा सुधार तथा प्रभावकारी जोखिम व्यवस्थापनका कारण इम्पेरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षमा बैंकले ४ करोड ९० लाख रुपैयाँ मात्र इम्पेरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो वर्ष यो रकम ६४ करोड ७० लाख रुपैयाँ थियो।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। बैंकले आगामी दिनमा साधारण शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने पर्याप्त क्षमता बनाएको देखिन्छ। नियमनकारी समायोजनपश्चात बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

निक्षेप सङ्कलनतर्फ बैंकले ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ संकलन गरेको छ भने कुल कर्जा प्रवाह ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ८.२१ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?