काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण प्रक्रिया पूरा गरेको छ। अब बैंकको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–३, बालुवाटारबाट सञ्चालन हुने भएको छ।
यसअघि लाजिम्पाटस्थित रहेको कार्यालयलाई स्थानान्तरण गर्ने प्रस्ताव बैंकको १९ औँ वार्षिक साधारणसभाबाट पारित गरिएको थियो। सोही निर्णयअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइएपछि नेपाल राष्ट्र बैंकले साउन २० गते अन्तिम स्वीकृति दिएको हो।
त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि साउन २१ गते प्रबन्धपत्र तथा नियमावली संशोधनको स्वीकृति प्राप्त भएको बैंकले जनाएको छ।
नयाँ स्थानबाट सेवा सुरु भएसँगै बैंकका सेवा तथा प्रशासनिक काम थप व्यवस्थित, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।


































